Room Conversation: Janaury 2 , 1977 , Bombay India

सम्वाद १९७७ , जनावरी २ , बम्बै भारत

Nepali Translation: Bijayananda (Bijaya Prasad Kuikel)

नेपाली अनुवादः श्री बिजयानन्द (बिजय प्रसाद कुइकेल) – सीता नवमी २०७१ / ०१ / २५

______________________________________________________________________

 

याेगी अमृत देशाइः मेराे तपाइ प्रति निकै नै प्रेम छ र मैले भनेकाे थिए कि म तपाइकाे दर्शनकाे अाउनै पर्छ ।

प्रभुपादः धन्यवाद ।

याेगी अमृत देशाइः म भक्तहरूलाइ भनिरहेकाे थिए । मैले भने कि तपाइ …..

प्रभुपादः तपाइ डा. मिश्राजी सँगै हुनुहुन्छ ?

याेगी अमृत देशाइः हाेइन , म उहाँसंग छैन । म यहाँका सारा भक्तहरूलाइ भनिरहेकाे थिए । मैले भने कि श्रील प्रभुपाद पहिलाे व्यक्ति हुनुहुन्छ जसले भक्तिलाइ पश्चिममा ल्याउनुभयाे , जहाँ याे सबैभन्दा अावश्यक छ । किनभने त्यहाँ तिनीहरू दिमागले साेचिरहने गर्छन् , साेचिरहने गर्छन् , साेचिरहने गर्छन् । प्रेमकाे याे मार्ग निकै नै गहन (गहिराे) छ ।

प्रभुपादः बस् हेर्नुस् । यदि तपाइ असली वस्तु प्रस्तुत गर्नुहुन्छ

याेगी अमृत देशाइः निकै नै वास्तविक (असली) छ ।

प्रभुपादः यसकाे साक्षात्कार हुनेछ ।

याेगी अमृत देशाइः त्यसकारण याे अत्यन्तै सुन्दर तरीकाले बढिरहेकाे छ , किनभने याे असली छ ।

प्रभुपादः उनीहरूलाइ असली वस्तु दिनु नै भारतीयहरूकाे कर्तव्य हाे । याे पराेपकार हाे । मभन्दा अघाडि , यी सबै स्वामी र याेगीहरू उनीहरूलाइ ठग्नकाे लागि , त्यहाँ गएका थिए ।

याेगी अमृतः हाेइन , उनीहरूलाइ डर थियाे कि उनीहरू स्वीकारीने छैनन् त्यसकारण उनीहरू सत्य दिनकाे लागि डराउथे ।

प्रभुपादः उनीहरूलाइ सत्य के हाे थाहा थिएन । (हाँसाे ) डर हाेइन । किन ? यदि कुनै व्यक्ति सत्यताकाे धरातलमा छ भने , उ किन डराउनु ?

याेगी अमृतः निश्चय नै ।

प्रभुपादः , विवेकानन्दबाट सुरू भएर , उनीहरूलाइ सत्य के हाे थाहा थिएन ।

याेगी अमृतः ठीक छ । हेर्नुस् तपाइ अाए पछि …. म त्यहाँ सन् १९६० मा थिए । मैले याेग सिकाउन सुरू गरेँ । तर तपाइ अाए पछि , म भक्ति र मन्त्र सिकाउन निडर भएँ । त अहिले हाम्राे अाश्रममा निकै नै भक्ति छ , निकै भक्ति । र मैले याे सम्मान तपाइलाइ दिएँ किनकी म डराउथे उनीहरूलाइ (भक्ति) दिनकाे लागि किनभने म साेच्ने गर्थे , ” यिनीहरू इसाइ हुन् । उनीहरूले भक्ति रूचाउने छैनन् । उनीहरूले गलत अर्थ निकाल्ने छन् । ” तर तपाइले चमत्कार गर्नु भएकाे छ । परमेश्वर , श्रीकृष्णले तपाइकाे माध्यमबाट चमत्कार गर्नु भएकाे छ । याे निकै नै अद्भुद छ , संसारमा सबैभन्दा ठुलाे चमत्कार । म यसकाे बारेमा अत्यन्तै बलपुर्वक महसुस गर्दछु ।

प्रभुपादः तपाइ निकै नै दयालु हुनुहुन्छ कि तपाइले याे बयान दिनुभएकाे छ । यदि हामी असली वस्तु दिन्छाै त यसले असर त गर्छ नै ।

याेगी अमृतः हाे । याे कार्य म पनि गर्दै छु । सबैजना …. हाम्राे अाश्रममा करिब १८० जना मानिस स्थायी रूपमा बसाेबास गर्छन् र उनीहरू ब्रह्मचर्यकाे अभ्यास गर्छन् । सबैजना बिहान ४:00 बजे उठ्छन् र उनीहरू राति ९:०० बजे सुतिसक्छन् । र उनीहरू एक अर्कालाइ स्पर्श पनि गर्दैनन् । उनीहरू फरक कक्षमा सुत्छन् । सत्संगमा पनि उनीहरू भिन्न भिन्नै बस्छन् । सबै कडा छ । न नशा , न मदिरा , न मासु , न चिया , न कफि , न लसुन , न प्याज । शुद्ध ।

प्रभुपादः धेरै राम्राे । हाे हामी पनि यसकाे पालना गर्छाै ।

याेगी अमृतः हाे ।

प्रभुपादः तपाइहरूसंग कुनै अर्च विग्रह हुनुहुन्छ ?

याेगी अमृतः हुनुहुन्छ । भगवान् श्री कृष्ण र राधा हाम्रा अर्च विग्रह हुनुहुन्छ । मेराे गुरू स्वामी कृपालु अानंदी हुनुहुन्छ । उहाँ …. बराेडा नजिक उहाँकाे अाश्रम छ । उहाँले अाफ्नाे साधनाकाे अभ्यास २७ बर्षसम्म गर्नुभएकाे छ , र १२ वर्षकाे पूर्ण माैन थियाे । विगतका केही वर्ष उहाँ वर्षकाे एक वा दुइ पटक बाेल्नुहुन्छ किनभने अनेक व्यक्ति अनुराेध गर्छन् ।

प्रभुपादः उहाँ जप गर्नु हुन्न ?

याेगी अमृतः उहाँ जप गर्नुहुन्छ । अाफ्नाे माैनताकाे क्रममा , उहाँलाइ जपकाे अनुमति छ । किनभने जब उहाँ भन्नु हुन्छ …. जब तपाइ भगवानकाे नाम लिनुहुन्छ , यसलाइ माैन व्रतकाे भङ्ग बताइदैन । त्यसकारण उहाँ जप्नुहुन्छ ।

प्रभुपादः माैनताकाे अर्थ याे हाे कि हामीलाइ वाहियात कुरा बाेल्नु हुदैन । हामी हरे कृष्ण जप्न सक्छाै । त्याे माैनता हाे । समय नष्ट गर्न छाेडेर , यी भाैतिक बस्तुहरूकाे विषयमा बाेल्न छाेडेर , अाउनुहाेस् हरे कृष्णकाे जप गराैँ । याे सकारात्मक छ । र मनाैता नकारात्मक छ । वाहियात कुरा छाेड्नुहाेस् , समझदारीकाे कुरा गर्नुहाेस् ।

याेगी अमृतः सही हाे । याे कुरा सही हाे ।

प्रभुपादः परम द्रष्ट्वा निवर्तते (बीजी २।५९)। परम द्रष्ट्वा निवर्तते। यदि कुनै व्यक्तिले अाफ्नाे बकवास कुरा हटाउछ , तब परम , सर्वाेच्च ….  जब तपाइलाइ उत्तम वस्तु प्राप्त हुनेछन् , तब तपाइले स्वभाविक रूपमा सारा वाहियात वस्तु छाेड्नु हुनेछ । त जुनसुकै भाैतिक वस्तु , याे सब बेकार (वाहियात) छ । कर्म , ज्ञान , याेग , यी सब भाैतकि हुन् । कर्म ज्ञान , याेग । यहाँ सम्म कि तथा कथित याेग , यी सब भाैतिक हुन् ।

 

 

E-mail me when people leave their comments –

You need to be a member of ISKCON Desire Tree | IDT to add comments!

Join ISKCON Desire Tree | IDT